Section 142
कार्यक्षमताको अभाव भएमा रोजगारीको अन्त्यगर्न सकिने
(१) यो ऐन वायस ऐन अन्तगर्त बनेको नियमतथा विनियमावलीमा व्यवस्था भए बमोजिम कुनै श्रमिकको कार्यसम्पादन मूल्याङ्कन गदर् लगातार तीन पटक वा सोभन्दा बढीनिजको कार्यक्षमता सन्तोषजनक नभएमा वा न्यूनस्तरको पाइएमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारी अन्त्य गर्न सक्नेछ ।
(२)उपदफा (१) बमोजिम रोजगारीअन्त्य गर्नुभन्दा अगाडि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमावलीमा उल्लेख भए बमोजिम कार्यसम्पादनमूल्याङ्कन गरिएको हुनु पर्नेछ ।
(३)दश जना वा सो भन्दा बढीश्रमिक कार्यरत प्रतिष्ठानको रोजगारदाताले यस दफा बमोजिम रोजगारी अन्त्य गर्नु अगाडि श्रमिकलाई सफाईपेश गर्न कम्तीमा सात दिनको समय दिनु पर्नेछ ।